|

ताप्लेजुङ :  पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा  एकपछि अर्को गीत ल्याइरहेका गायक तथा इन्जिनीयर वीरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीत सार्वजनिक भएको छ।

गीतलाई भावसागर इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा श्रेष्ठलाई गायिका तथा मिडियाकर्मी योजना पुरीले साथ दिएकी छिन्। एक राजकुमारी भित्रको इच्छा र यौवन प्रस्तुत  गीतको भिडियोमा पुष्प खड्का र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ।

साथै भिडीयो बालकलाकारहरू आयुष गुरागाईं र अंशु गुराँगाईलाई पनि देख्न सकिन्छ। अम्बिका गुरुङ्गको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ। गीतको  निशान कश्यपले निर्देशन गरेका छन्  उद्धव दाहालको छायाकन रहेको  भिडियोलाई विकास दाहालको सम्पादन गरेका हुन्।

भिडियो
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.