|

काठमाडौं : सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिशेयर अकिंत तथा चुक्ता मूल्य रm. १००० कायम भएको सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएकको छ । 

सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द« सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यो बैंक २०६४ साल असोज २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यसहित बैकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२७ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्रालाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.