|

अछाम :  अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कमलबजार नगरपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट ४ वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मधुबन नगरपालिका–४ बर्दिया घरभएका चालक तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.