|

मनाङ : बाढीले म्यार्दी खोलाको पुल बगाएपछि मनाङवासी काठको फड्केबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। असार ८ मा खोलामा आएको बाढीले मोटरेबल पुल बगाएको थियो। पुल बगाएपछि खाद्यान्न लगायतका सामानहरू ढुवानी गर्न कठिन भएको स्थानीय थुतेन लामाले बताए।

उनका अनुसार गन्डकी प्रदेशका मुख्यमन्त्री लगायतका टोलीले तत्काल अनुगमन गरी जतिसक्दो छिटो समस्यको समाधान गर्ने आश्वसन दिए पनि हालसम्म काम भने भएको छैन।

 त्यस्तै मनाङमा ठाउँठाउँमा रोकिएर रहेका केही सवारीसाधन मात्र सन्चालन आएका छन्। अझै सवारीसाधान वरपार गर्ने अवस्था  नदेखिएपछि मानिस आवतजावत गर्न काठको फड्के निर्माण गरिएको हो।

अहिले अस्थायी रूपमा पैदलयात्रु वारपार गर्न फड्के आउजाउ गर्न बाध्य रहेको मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए ।

डिभिजन सडक कार्यालय दमौलीका सबइन्जिनियर सुमन अधिकारीका अनुसार करिब ९ मिटर लम्बाइ र १ मिटर चौडाइको काठे फड्के बनाइएको हो । तत्कालै जिप गुडाउने सम्भावना छैन । बाढी आए फेरि फड्के पनि बगाउने चिन्ता छ’ उनले भने, ‘तत्काललाई मान्छे हिँड्न भयो।

ट्याक्टर हिँडाउन बाटो बनाइरहेका छौं ।’ उनका अनुसार तिमाङ छहरामा पनि अस्थायी काठेपुल राख्न थालिएको छ । डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले अस्थायी संरचना निर्माण गरेर हिँडाउन थालिएको बताए ।

बेलिब्रिजको योजना

‘माथिल्लो क्षेत्रमा हुने खाद्यान्न अभावलाई टार्न र जनजीवन सहज बनाउन काठे फड्के राखेका छौं’ उनले भने । पुल छेउसम्म सामान लाने र त्यसपछि मानिसले पार गराएर पुनः त्यहींबाट सवारी साधनमार्फत माथिल्लो क्षेत्रमा खाद्यान्न लान सकिने उनले बताए । ‘एक महिनामा बेलिब्रिज नै राख्ने गरी काम अघि बढाएका छौं,’ उनले भने, ‘दुवैतर्फको पिल्लर रहेकाले यसमै बेलिब्रिज राख्ने गरी डिजाइन भइरहेको छ ।’मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार अस्थायी संरचना निर्माणमा माथिल्लो क्षेत्रमा सेना, सशस्त्र र प्रहरीले समेत काम गरेका छन् ।

चामे गाउँपालिका-४ का अध्यक्ष लप्सन लामाले छिद्पु, तिर्चुङाल्डा, थान्चोक र स्याक्र्युमा पहिरो पन्छाएपछि तिमाङ माथि चामेसम्मको आवतजावत सहज भएको बताए । सडक डिभिजन कार्यालय दमौलीका पुर्व डिभीजन इनजीनियर भानु जोसीका अनुसार  २०६४ सालमा नेपाली सेनाले निर्माणगरेको अस्थाई काठे पुलले ७ बर्ष सम्म स्थाइत्व भएको थियो।

 जुन जम्मा ५ मिटर लम्बाई रहेको थियो। उनले भने , काठे पुल भत्कीए पछि राखीएका मोटर एवल पुल को लम्वाई बढ्दै गह्यो तर  आयू घट्दै जान थाल्यो २०७२ मा निर्माण गरीएको पुल २०७३ साउन २ मा बगायो। २०७५ भदौमा सम्पन भएको पुल अहिले बाढीले बगायो। जसको लम्बाई त छ।

 २४ मिटर रहेको थियो। अब यस खोलामा कहाँ पुल निर्माण  गर्ने भन्ने चिन्ता रहेको छ। खोलाले माथि देखीनै पहरो नै फोडेको छ। जुन ढुङ्गाको  सपोटमा निर्माण गरिएको थियो उक्त ढुङ्गो नै चर्किएको छ। उनका अनुसार पुल निर्माण गर्नु पुर्व फाउन्डेन तयर गर्नु जरुवत छ।

 अहिलेलाई मानिस आवतजावत गर्न र खाध्यन्न लगायतका सरसामान  ओसारपसार गर्न  काठको पड्के निमार्ण गरीको हो। केही समयमा सवारी साधान आवगमन गर्ने वैकल्पिक उपाय अपनाई दिर्गाकालीन सोच बनउनु  जरुरत छ।  यसो नभएमा पुन यस्तो अवस्था सिर्जना नहोला भन्न सकिन्न।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.