कसरी समातिए अधिकृत ?

|

सुर्खेत : चार लाख रुपैयाँ घुसको रकमसहित सुर्खेतमा पक्राउ परेका वन अधिकृतको निवासबाट थप ५ लाख ५० हजार रकम फेला परेको छ। डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामाको कार्यालयमा नै रहेको निवासको दराजमा थप ५ लाख ५० हजार रकम फेला परेको हो।

शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वन अधिकृत लामालाई घुसको रकमसहित पक्राउ गरेको थियो।अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले उनलाई घुससहित पक्राउ गरिएको जानकारी दिएका हुन्।

कार्यालयमा नै रहेको वन अधिकृत लामाको निवासमा जाँच गर्दा थप पाँच लाख पचास हजार नगद दराजमा फेला परेको स्रोतले जनाएको हो।  सबै रकमको मुचुल्का बनाउदा केही समय लागेको सूचना अधिकारी मेघनाथ अधिकारीले जानकारी दिए। मुचुल्का उठाएपछि लामाको स्वास्थ्य जाँच गरी प्रहरी हिरासतमा राख्ने र शनिबार काठमाडौं पठाइने अधिकारीले जानकारी दिए।

कसरी समातिए अधिकृत

अधिकृत लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार बिहान करिब १२ बजेको समयमा एकजना काठ व्यवसायी झोला बोकेर सुर्खेतको डिभिजन वन कार्यालयमा छिरेका थिए।

कार्यालको वन अधिकृत लामाको कार्यकक्षमा छिरेका ती व्यवसायी केही समयमा गफगाफपछि कार्यालयकै माथिल्लो कोठामा रहेको अधिकृत लामाको क्वार्टरमा गए। अनि रित्तो झोला लिएर केही समयपछि काठ व्यवसायी कार्यालय बाहिर निस्किए।

व्यवसायी बाहिर निस्किएको केही समयपछि कार्यालय प्रमुखसमेत रहेका वन अधिकृत आफ्नो कुर्चीमा मात्र के बस्न लागेका थिए। आईकार्ड देखाउँदै अख्तियारको टोलीले छापा हान्छ। पहिले चार लाख मात्र पाएको अख्तियारको टोलीले पछि दराजमा थप ५ लाख ५० हजार रकम फेला पारेको हो।

अख्तियारले घुस मागेको उजुरी र गुनासो आएपछि अख्तियारले रंगेहात पक्राउ गरेको  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.