|

सप्तरी : राजविराज नगरपालिका–१० बिरौलास्थित खाडो खोलामा सुरक्षाकर्मी परिचालन गरी क्षतिग्रस्त बाँध मर्मत गरिएको छ।

बाँध असारको अन्तिम साता गएको बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मी परिचालन गरी मर्मत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। थप क्षति हुन नदिन र क्षति भएकोमा मर्मत गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले १५० मिटर बाँध मर्मत गरिएको सप्तरी प्रहरीले जनाएको छ।

बाँध मर्मतका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ३५, सशस्त्र प्रहरी बलबाट २६, सेनाका ३५ र स्थानीयवासी गरी १५० जनाले मंगलबार बाँध मर्मत गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.