नगर प्रमुख भन्छन् : निर्माणकर्ताले गुणस्तरीय काम गरिदिएनन्

|

दैलेख : जिल्लाको सबै भन्दापुरानो नगरपालिकाको बजार क्षेत्रभित्रको सडकमा खाल्डा खुल्डीका कारण बर्खा याम सुरु भएसँगै गाडी चल्न मुस्किल हुने गरेको छ। २०५३ सालमा स्थापना भएको दैलेखको पुरानो नारायण नगरपालिका भित्रका सडकको अवस्था दयनीय छ।

विकास निर्माणका काममा अनुगमन नगरी निर्माणकर्ताले सडक टाल्ने काम  गर्ने गरेकाले बर्सेनि पिच गरे पनि सडकको अवस्था सुधारिन नसकेको स्थानीय यमराज थापाले बताए। बर्सेनि यही सडकमा लाखौँ खर्च गर्ने गरेको भए पनि पानी परेपछि बनाएको छ/सात महिनामा कालो पत्रे उम्किनु ठेकेदार र सरोकारवाला निकाएको मिलोमतोमा गुणस्तरहीन काम हुने भएकाले सडकको अवस्था नाजुक भएको थापाले आरोप लगाए।

नारायण नगरपालिकाले दुई वर्षअगाडि बजार क्षेत्रमा साहारे खानेपानी आयोजनाले पाइपलाइन निर्माण गर्दा भत्काएको सडक पिच गर्नलाई पचास लाख रकम खर्च गरेको नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले बताए। बर्खाको समयमा बजेट फ्रिज जाने डरले हतारमा सडक काम गरिएकाले पिच भत्किएको हुनसक्ने इन्जिनियर रोकायको भनाई छ।

सडक पिच गरेको दुई वर्ष नपुग्दै उम्किएर पैदल यात्रुलाईसमेत हिँड्न समस्या हुने गरेको छ।

समस्या असारे विकास :

स्थानीय सरकारले विकासको मोडले परिवर्तन गरी लैजाने भने पनि उनीहरूले विकासे काम गर्न असारकै मुख ताक्ने परिपाटीको अन्‍त्य भएको छैन। बर्खाको समयमा गरिएका विकासका काम निर्माणकर्ता र सरोकारवालाको लापरवाहीका कारण स्टमेटअनुसार नगरिने भएकाले असारे विकास मुख्य समस्या भएको स्थानीय बताउँछन्।

स्थानीय हेमराज अधिकारीले स्थानीय सरकारले अरू समय विकासमा चासो नदेखाउनु असार लागे मात्र विकासे गतिविधि सुरु गर्नु गलत भएको बताउँछन्। वर्षाको बेला दिनमा गरिएको पिच रातिको बगाएर लैजाने भएकाले सडकको अवस्था सुधारिन नसकेको उनको भनाइ छ।

यो वर्ष पनि बजेट सक्नकै लागि दैलेखका ११ वटै स्थानीय तहले विकास निर्माणका कामहरू वर्षायाम सुरु भएसँगै तीव्रताका साथ सुरु गरेका छन्। असारमा विकास गर्ने परिपाटीको अन्त्य नभएकाले गरिएका विकास निर्माणका कामहरू टिकाउ हुन नसकेका देखिन्छन्।

दशैंअगाडि पिच

नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेकाले पिच छिटै उम्किएको बताए। उक्त सडक बनाउनलाई अहिले पनि नगरपालिकाबाट बजेट छुट्यायको र दशैँअगाडि भत्कीएको सडक पिच गरिने उनले बताए।

;आफ्नो घरअगाडि सडक कस्तो बन्दै छ भनेर बुझ्ने जिम्मेवारी जनताको पनि हो विकासे काम हुँदा सबैले चासो देखाउनु पर्छ' प्रमुख खड्काले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.