|

गुल्मी : बर्षायामको समयमा मानबीय क्षति नहोस भन्नका लागि कालीगण्डकी करिडोरको हर्मिचौरदेखि अर्बेनीसम्मको सडक भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ।

 नेपाली सेनाले बम बिष्फोट गरि सडक निर्माण गरिरहेको समयमा बर्षायामको समय सँगै बिष्फोट गराएको सडकमा यात्रा गर्दा जोखिम हुने भन्दै सडक बन्द गरिएको कालीगण्डकी करिडोर निर्माण कार्य दलका प्रमुख कर्नेल रेश्मिराज भट्टराईले जानकारी दिए। सो सडकमा जोखिम मोलेर यात्रा गर्दा र सवारी साधन आवत जावत गर्दा मानवीय क्षति समेत हुन सक्ने भदौ १५ गते सम्मका लागि सडक बन्द गरिएको भन्दै सो समय अबधिसम्मका लागि बैकल्पिक मार्गको प्रयोग गर्न नेपाली सेनाले आग्रह गरेको छ।

सोही समय अबधीमा नेपाली सेनाले हर्मिचौर देउराली सडक खण्डको पहरामा बिष्फोट गरी पहरा फुटाउने कार्य गरिने पनि जानकारी दिएको छ। सो समयामा पैदल यात्रा गर्नेका लागि पनि नेपाली सेनाको निगरानीमा यात्रा गर्ने र सुरक्षा दिने नेपाली सेना हर्मिचौरले जनाएको छ। 

हर्मिचौरदेखि अर्बेनी सम्मको सात किलोमिटर सडक खण्डमा बीचबीचमा पहिरो झर्ने कार्य जारी रहेकाले पनि सडक बन्द गर्नुपरेको नेपाली सेना कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख कर्नेल भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.