|

जनकपुर : संसारमा यातायातको भरपर्दो माध्यम रेल सेवा नेपालमा छैन। नेपालमा कुनै बेला रेल नचलेको होइन। एक शताब्दीको इतिहास बोकेको नेपालको रेल सेवा बन्द भएको वर्षौ भइसकेको छ।

नेपालमा रेलको जीवित इतिहास बोकिरहेको रक्सौल–वीरगञ्ज–सिमरा–अम्लेखगञ्ज बन्द भएको एक सय वर्ष पुरा भइसकेको छ।

त्यस्तै जनकपुरमा पनि रेल सेवा बन्द भएको आधा दशक भइसकेको छ। बन्द अवस्थामा रहेको भारतको जयनगरदेखि जनकपुर–कुर्ता रेल सेवालाई सुधार गरेर सञ्चालन गर्न ट्रयाक निर्माणपछि नेपाल सरकारको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय भइसकेको छ। तर अझै रेल गुडेको छैन।

त्यसका लागि भारतबाट रेल खरिद प्रक्रिया पनि सुरु भइसकेको छ। नेपालको झण्डासहितको रेल सेवा सञ्चालनको तयारी भए पनि पूर्णता पाउन अझै समय लाग्ने भएको छ।    

पूर्व-पश्चिम रेल मार्गको निर्माण जारी छ। त्यसैगरी चीनदेखि केरुङ्ग-काठमाडौँ रेल सञ्चालनको योजना सरकारले बनाएको छ। भारतको रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाण्डौंसम्म रेल गुडाउन सम्भाव्यता अध्ययन भइरहेको छ।

हेर्नुस् जनकपुरमा रेलको ट्रयाक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.