|

दक्षिण अफ्रिकाका ब्याट्सम्यान हाशिम अम्लाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अफ्रिकी टिमका पूर्वकप्तान अम्लालले ३४९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

त्यस दौरान उनले १८ हजार भन्दा बढी रन बनाएका छन्। त्यस्तै १५ वर्षे करिअरमा ५५ शतक प्रहार गरेका छन्। विश्वकप २०१९ मा उनको खराव प्रदर्शनका कारण आलोचना भएको थियो। उनले विश्वकपमा ७ खेलमा कुल २०३ रन बनाएका थिए।

यस दौरान उनको औसत ४०.६० रहेको थियो। अम्लालले यो विश्वकपमा एउटा पनि शतक लगाउन सकेनन्। खराब प्रदर्शनकै कारण उनको आलोचना भएको थियो।

३६ वर्षीय अम्ला दक्षिण अफ्रिकाका लागि एकदिवसीय खेलमा सर्वाधिक धेरै २७ शतक प्रहार गर्ने खेलाडी हुन्। उनीपछि दोस्रो स्थानमा सन्यास लिइसकेका एबी डिभिलियर्स रहेका छन्। उनले २५ शतक प्रहार गरेका छन्।

सर्वाधिक शतक प्रहार गर्ने खेलाडीमा भने अम्ला दोस्रो नम्बरमा छन्। उनले २८ शतक प्रहार गरेका छन्। सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान भने पूर्व लिजेन्ड ज्याक कालिसको नाममा रहेको छ । कालिसले ४५ शतक प्रहार गरेका छन्।

त्यस्तै अम्ला दक्षिण अफ्रिकाका एक्ला ट्रिपल टेस्ट शतक प्रहार गर्ने खेलाडी हुन्। त्यस्तै उनी सर्वाधिक २ हजार, ३ हजार ४ हजार ५ हजार ६ हजार र ७ हजार एकदिवसीय रन पुरा गर्ने खेलाडी समेत हुन्। सन्यास घोषणा गर्दै अम्लाले यो बीचमा धेरै महत्वपूर्ण समय क्रिकेटमा बिताएको भन्दै यो सफलता सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

उनले भने ‘सर्वप्रथम यो उपलब्धिसम्म पुग्न सहयोग गर्ने सबैप्रति आभारी छु। मैले यो अविश्वसनिय यात्राका क्रममा धेरै कुरा सिक्ने मौका पाएको छु। धेरै साथिहरुले मलाई भातृत्वको आभाछस दिएका छन्। यो उपलब्धीसम्म पुग्न सहयोग गर्ने बुवा आमा, समर्थक, एजेन्ट र सहकर्मी र सबैसबैलाई सम्झन चाहान्छु र भन्छु अब मैले विश्राम लिने समय आएको छ। त्यो कठिन भएपनि जिवनको एक अंगका रुपमा स्वीकारेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.