राजनीतिमा कांग्रेसको नाति पुस्ता र कम्युनिष्टको छोरा पुस्ता आवश्‍यक

|

काठमाडौं : राजनीतिक विश्‍लेषकहरूले नेपालको राजनीति थप कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनीहरूले अहिलेको राजनीतिक विकास क्रम हेर्दा अबको १०/१५ वर्षसम्म पनि शासकीय सुधार हुन नसक्ने देखिएको टिप्पणी गरेका हुन्। राजनीति सुध्रनको लागि कांग्रेसको नाति पुस्ता र कम्युनिष्टको छोरा पुस्तामा नेतृत्व हस्तान्तरण हुनु पर्ने उनीहरूको विश्‍लेषण छ।

प्रध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण खनालले नेपालको लोकतन्त्रको नाममा लुटतन्त्र चलेको टिप्पणी गरे। शुक्रबार हामीले चाहेको लोकतन्त्र विषयक विचार गोष्ठीमा खनालले भने ‘लोकतन्त्र होइन, यँहा झुटतन्त्र र लुटतन्त्र चलिरहेको छ र राजनीतिमा कमाउ धन्दा चलेको छ।’

उनले राजनीति थप बिग्रदै गएको भन्दै चिन्ता व्यक्त गरे। द्वन्द्व नै राजनीतिको केन्द्र बिन्दु भए पनि बन्दुकको द्वन्द्वले निकास नदिने उनको भनाइ थियो। ‘द्वन्द्वबिना राजनीति हुँदैन तर द्वन्द्व विचार हुनु पर्छ, बन्दुकमा होइन’ खनालले भने।

अहिलेको राजनीतिमा गिरिजाप्रसादपछि पुष्पकमल दाहल प्रचण्ड नै राजनीतिक खेलाडी रहेको उनको बुझाइ छ। ‘सत्तामा पुग्नको लागि गिरिजाप्रसादले जुन राजनीतिक खेल खेल्नुहुन्थ्यो, प्रचण्डले अहिले त्यस्तै राजनीति खेलिरहनु भएको देखिन्छ।’ यद्यपि अहिलेका राजनीतिक दलहरूमा कुनै चिन्तन नदेखिनु दुखद् रहेको खनालको बुझाइ छ। उनले नेपालमा कम्युनिष्ट पार्टी धेरै भए पनि एकजना पनि व्यक्ति कम्युनिष्ट नरहेको टिप्पणी गरे।

अहिलेका नेताहरू विचार वा सिद्धान्तमा नभई प्रचारमा सीमित भएको उनले बताए। अर्का राजनीतिक विश्‍लेषक हरि शर्माले लोकतन्त्रमा प्रश्‍न गर्ने अधिकार हनन भएको बताए। मुलुकको सार्वभौमका कुरा गरिए पनि यथार्थमा दलका नेताहरू व्यक्तिगत स्वार्थ केन्द्रित देखिएको उनको टिप्पणी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.