|

काठमाडौं : सनराइज बैंकले गुल्मीको तम्घासमा ११८ औँ र पर्वतको कुश्मामा ११९ औं शाखा खोलेको छ। बैंकले ललितपुरको सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर पनि संचालनमा ल्याएको छ । 

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे। 

कार्याक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे।

गुल्मीस्थित तम्घासमा रेसुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गरे।

आइतवारै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे। उक्त कार्यक्रमहरुमा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

हालसम्म सनराइज बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.