|

सुनसरी : इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडी दुई भारतीय कैदी फरार भएका छन्। राष्ट्र सेवक कर्मचारीलाई बाधा विरोध मुद्दामा हिरासतमा रहेका दुईजना भारतीय सोमबार बिहानै साढे १ बजे फरार भएका हुन्।

फरार हुनेमा भारत दार्जिलिङ अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र त्यही स्थानका  २९ वर्षीय कृष्ण मण्डल छन्। फरार रहेका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यस्तै हिरासत कक्षको ताला फोडी कैदी भागेपछि जिप्रका झापाले घटनाको अनुसन्धान सुरु गरेको छ। थुनुवा फरार भएको अवस्थामा ड्युटीमा रहेका केही प्रहरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.