सोलुखुम्बु : नेपाल वायुसेवा निगमको वाइ१२ई चिनिया जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल परीक्षण उडान भरेको छ। निगमको उक्त विमानले मंगलबार बिहान ९ बजे पहिलो पटक उडान भरेको हो।
१४ सिट क्षमता भएको उक्त जहाजले ओखलढुगांको रुम्जाटारमा पनि मंगलबार नै उडान भरेको निगमका अपरेशन डाइरेक्टर एवं क्याप्टेन दिपुराज ज्वारचनले जानाकारी दिए। सरकारले २०७१ सालमा चीन सरकारको सहयोगमा चार वटा वाइ१२ई जहाज नेपाल भित्र्याएको थियो।
उक्त विमानले करिब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको अपरेशन डाइरेक्टर ज्वारचनले जानकारी दिए। उक्त जहाजले सुदूरपश्चिमका जिल्लाहरुमा उडान भर्दै आएको छ। विशेष गरी उक्त विमान छोटो धावनमार्ग भएका विमानस्थलहरुमा उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।