|

काठमाडौं : देशभरका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अधिकांस सभापति नेपाल रेडक्रस सोसाइटी ९नेरेसो०को केन्द्रीय बार्षिक साधारण सभामा भाग लिन काठमाडौं आइसकेको अवस्थामा अकस्मात केन्द्रीय सभा स्थगित भएको छ।

मंगलबार बिहान नौ बजेदेखि काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीयसभा स्थगित गर्नुपर्दा रेडक्रस परिवार मर्माहित भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले गुनासो गरे।  पत्रकार भेटघाटमा अध्यक्ष सञ्जीव थापाले सभा स्थगित गर्नुपर्ने परिस्थितिले रेडक्रस परिवार मर्माहित भएको बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा स्थागित गर्न पठाएको निर्देशनात्मक पत्रकै कारण केन्द्रीय वार्षिक साधारणसभा स्थगित गरिएको बताउँदै अध्यक्ष थापाले भने, ‘प्रशासन कार्यालयको पत्रबमोजिम २४ घण्टा भित्र साधारणसभा स्थगित गरी त्यसको जवाफ पनि पठाइसकिएको छ।’

पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा ‘सम्पूर्ण वैधानिक र कानुनी दायित्व पुरा गरेको नेरेसोको सर्वोच्च निकायको रुपमा रहेको महाधिवेशन र वार्षिक साधारणसभा श्रृङलाबद्ध रुपले स्थगन गरिएको छ।’ यसअघि देशभरका रेडक्रसकर्मी धरान आइसकेको अवस्थामा वैशाख २२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनात्मक पत्रका कारण वैशाख २३ देखि २५ गतेसम्मका लागि तयारी भएको ४८ औँ महाधिवेशन र निर्वाचन स्थगित गर्नुपरेको अध्यक्ष थापाले बताए।

त्यसलगत्तै सरकारले निर्वाचित समितिलाई भंग गरी तदर्थ समिति बनाएपछि रेडक्रसका निर्वाचित पदाधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले सरकारको निर्णयविपरित निर्वाचित समितिलाई नै पूर्ववत अवस्थामा नियमित काम गर्न दिनुभन्दै आदेश जारी गरेको अध्यक्ष थापाले पत्रकार भेटघाटमा प्रस्ट पारे। सोही बमोजिम आफूहरुले नियमित कामकारवाही अन्तर्गत केन्द्रीय वार्षिक साधारण सभा बोलाएर रेडक्रसको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा छलफल गर्ने योजना भए पनि अदालतमा अन्तिम फैसला हुन बाँकी अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा रोक्न फेरि निर्देशनात्म पत्र पठाएकोप्रति रेडक्रसले आपत्ति जनाएको छ।

‘संस्था दर्ता ऐन बमोजिम कारबाही किन नगर्ने भनी पत्रमा उल्लेख भएकोमा हामी अझ बढी संवेदनशील भएका छौँ। हामी पारदर्शी छौँ। अहिले फेरि संस्थाको बार्षिक बजेट तथा कार्यक्रम,ं रणनीतिहरू र रेडक्रस कानुनको विषयमा छलफल गर्ने प्रयासलाई रोक्न खोजिएको छ,’ अध्यक्ष थापाले भने, ‘यसमा कुनै न कुनै खालको पूर्वाग्रह देखिन्छ। यो सम्मानित अदातलको पनि अपमान हो।

पत्रकार भेटघाट कार्यक्रममा नेरेसोका महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रमुख हार्भेलगायत केन्द्रीय कार्यसमितिका सदस्यहरु, साधारणसभाको लागि आइपुगेका विभिन्न जिल्ला शाखाका सभापतिहरु, कार्यकारी निर्देशक उमेश ढकाल, सञ्चार निर्देशक दिव्यराज पौडेललगायतको उपस्थिति थियो। स्थापनाको ५६ वर्षको इतिहासमा ४७ वटा महाधिवेशन निर्वाध रूपमा सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.