|

जाजरकोट ः जंगली च्याउ खाँदा जाजरकोटमा एकजनाको मृत्यु भएको छ। उपचारका लागि नेपालगन्ज लाँदै गर्दा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।

उनका १४ वर्षीय छोरा युवराज कुमाई गम्भीर विरामी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। दुवैलाई उपचार गर्न लाँदा लाँदै आमाको बाटोमै मृत्यु भएको हो। छोरालाई भने उपचारका लागि नेपालगन्ज लगिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.