|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ। कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए । 'खार्पुमा कार्यक्रम चलिरहेको बेला माथि डाँडातिर २ पटक विस्फोट भएको आवाज आएको छ', उनले भने, 'सकेट बम विस्फोट गराइएको हुन सक्छ।'

विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले जानकारी दिए। विष्फोट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

यो विस्फोटमा कुनै मानवीय क्षति नभएको जानकारी प्रहरीले दिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। यसअघि पनि मुख्यमन्त्री कालिकोट गएका बेला बम विष्फोट भएको थियो ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.