|
फाइल फोटो

कास्की :  पोखराको खहरेमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक चिनियाँ महिला घाइते भएकी छन्।

बुधबार दिउँसो सरांकोटबाट उडेको प्याराग्लाइडिङ पोखरा महानगर ६ को खहरेमा ल्याण्ड गर्नेक्रममा जेस्नी यून्ह्वा घाइते भएकी हुन्। पोखरा प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेकी उनलाई दुर्घटनापश्चात अहिले पोखराकै मेट्रोसीटी अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.