समाज

चितवनमा रवि लामिछानेका समर्थकद्वारा प्रहरी भ्यान तोडफोड

साउन ३२, २०७६

    चितवन:  रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको छ। प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ।

    झडपका क्रममा प्रहरीले ३ सेल असुरग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए। प्रदर्शनकारीले गुडिरहेको प्रहरी भ्यानलाई एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ। 

    झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। प्रदर्शनका बीच अहिलेको अवस्थाबारेमा केहीले चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लसँग छलफल गरिरहेका छन्।अहिले अवस्था सामान्य भएको छ।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]