|

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। प्रतिया्ेगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध भयो। जारी सिजन नेमारलाई बेन्चमानै राखिरहेको पिएसजीले पहिलो खेलमा भने संघर्षपुर्ण जित निकालेको थियो।

अवे मैदानमा भएको खेलमा पिएसजी रेनेससँग २–१ ले पराजित भएको हो। एडिन्सन काभानीको गोलबाट सुरुवाति अग्रता लिए पनि पिएसजीले अप्रत्यासित हार टार्न सकेन। काभानीले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर ४४ औँ मिनेटमा एमब्ये नियाङ्गले रेनेसका लागि बराबरी गोल गरे। रोमेन डेल कास्टिलोले ४८ औँ मिनेटमा गोल गरेपछि रेनेसले अग्रता लियो। त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा पिएसजी पराजित हुन बाध्य रह्यो।

केलियन एमबाप्पेले गरेका केहि उत्कृष्ट प्रहार सफल भएनन्। एडिन्सन काभानीले पनि बराबरी गर्ने राम्रो मौका चुकाए। गत सिजन पिएसजीले लिग वानमा एक खेल मात्रै गुमाएको थियो र १६ अंकको फरक लिग जितेको थियो।पिएसजीले यो पटक क्लब छोड्न लागेका नेमारलाई अन्य क्लबसँग बार्केनिङ गरिहेको छ भने आफ्नो क्लबबाट समेत खेल्न दिइरहेको छैन्।

चोटमुक्त भएपनि नेमार खेलविहिन भएर बसीरहेका छन्। विश्वका सबैभन्दा महंगा फुटबलर नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना या त्यो सम्भव नभए रियल मड्रिड जाने चाहानामा रहेका थिए। तर दुबैको प्रस्तावलाई पिएसजीले स्वीकारीरहेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.