|

काठमाडौं :  सरकारले  बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो आजै लगाउने भएको छ।

आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद् बैठकमा उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटीले दिएको तीनजनाको नाम पेस गर्ने बुझिएको छ। सोहीमध्येबाट मन्त्रिपरिषदले एकजनालाई उपाध्यक्षमा नियुक्त गर्नेछ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटीको बैठकले आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। कमिटीले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा चिकित्सा शिक्षा ऐनअनुसार व्यवस्था गर्नुपर्ने कतिपय विषयवस्तु रोकिएको छ। केही दिनपछि प्रधानमन्त्री उपचारको लागि पुन सिंगापुर जाने भएकाले आजकै बैठकबाट आयोगको  उपाध्यक्षको टुंगो लगाउने अनुमान गरिएको हो।  

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.