|
पक्राउ परेका रवि लामिछाने

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम जारी रहेको छ।

सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको स्रोतले बताएको छ। अहिले रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको स्रोतले बताएको छ।

बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ। तीनैजनालाई पाँच दिनका लागि म्याद थपिएको थियो। उक्त म्याद आज राति १२ बजे सकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.