सांसदद्वारा बाढी-पहिरोपीडितलाई राहात दिन सरकारको ध्यानाकर्षण

|
फाइल फोटो

सुर्खेत : कर्णालीको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभामा सांसदले उठाइएका सवालको सरकारले सम्बोधन नगरेको आरोप लगाएको छ। प्रमुख प्रतिपक्षी दलका नेता जीवन शाहीले प्रदेश सरकरले प्रदेशसभामा सांसदबाट उठेका सवालप्रति गम्भीर नभएको आरोप लगाएका हुन्।

प्रदेशसभाको विशेष समयमा बोल्दै नेता शाहीले प्रतिपक्ष भएर पनि सरकारलाई धेरै सहयोग गरे पनि सरकारले काम गर्न नसकेको आरोप लगाए। ‘प्रदेश सरकारले बरू पत्रपत्रिकामा आएका कुराको सुनुवाई गरेको छ’  शाहीले भने, ‘तर सांसदहरूले उठाएको कुराको सुनवाई गरेको छैन, यो सरकारले के गर्न खोजिरहेको छ?’

बाहिर कर्णाली प्रदेशका सांसदले १० करोड बाँडेको हल्ला चलेको प्रति आपत्ति जनाउँदै भने ‘सरकारले त्यो हल्लाको खण्डन नगर्ने हो भने कर्णालीमा पनि सांसद विकास कोष हो कि, क्षेत्र विकास कोष के हो चाहियो।’

शाहीले काण्डैकाण्डैको प्रदेश, भ्रष्टचारीको अखडा भनेर बाहिर कर्णाली प्रदेशको हल्ला भइरहेको भन्दै सरकारलाई सचेत पनि गराए। उनले भने ‘कर्णाली प्रदेशको लाज नहोस्, सरकारले बेलैमा सोचोस्’ उनले भने।

‘सरकारले योजना दिएवापत २० प्रतिशत उठाएका कुरा र डिपिआर गर्न आफ्ना छोरा भतिजालाई दिएका कुरा आएका छन्’ शाहीले थपे ‘सरकारले के हेरेको छ?’ शाहीले सरकारले हतारमा निर्णय गर्ने तर कार्यान्वयन नगर्ने र प्रगतिमा केही पनि देखाउन नसक्ने भन्दै आलोचना गरे।

‘प्रदेश सरकारले इज्जत रहने काम गरोस अनि मात्र हामी जुन शर्तमा बजेट पास गरेको थियो, त्यो गरोस,’ शाहीले भने ‘हिमाली जिल्लामा हिउँ पर्ने बेला आउन लागि सक्यो, भदौ भरीमा काम गरोस्।’

सत्तारूढ दलका सांसद यामलाल कँडेलले प्रदेशसभामा मर्यादा कायम राख्नु पर्नु बताए। उनले सरकार र सांसदले आ-आफ्नो भूमिकालाई नबिर्सी छिटो छरितो काम गर्नुपर्नेमा जोड दिए।

राप्रपाकी सांसद शोसिला शाहीले आफ्नो पार्टीको संसदीय दलको कार्यालय आफ्नो पार्टीलाई जानकारी नगराई एक्कासी अन्तै सारिएकोमा आपत्ती जनाइन्।

यसैबिच, कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा सांसदले वर्षापछि आएको बाढी-पहिरोले निम्त्याएको क्षतिबारे सरकारको ध्यानाकार्षण गराएका छन्।

विशेष समयमा बोल्दै सांसद दानसिंह नेपालीले गत श्रावन ३२ गते मुगुको छायानाथ रारा नगरपालिकाअन्तर्गत पर्ने गमगाढ खोलामा अविरल वर्षासँगै आएको बाढीले स्थानीयका ४ घर पूर्णरूपमा क्षति पुगेको र केही घर जोखिममा रहेको भन्दै तत्काल राहत उपलब्ध गरिदिन माग गरे।

यस्तै, सांसद रातो कामीले रुकुम पश्चिको आठविसकोटमा बाढी पहिरोमा परेर मानवीय क्षतिसमेत भएको भन्दै सरकारले आवश्यक पहल गर्नु ध्यानाकार्षण गरे। बाढी-पहिरोले मानवीय क्षति सँससँगै केही घरहरू बगाएको र अहिले पनि उच्च जोखिममा रहेको भन्दै सांसद कामीले राहत तथा उद्धार गर्न सरकारको ध्यान खिचे।

मुगुवाट निर्वाचित सांसद चन्द्रबहादुर शाहीले वर्षाका कार्णालीका विभिन्न ठाउँमा पुल पुलेसाहरू बगाएकोले विभिन्न स्थानहरूमा सम्पर्क विच्छेद हुदाँ पनि सरकारले वास्ता नगरेको भन्दै अलोचना गरे।

सांसद पदम रोकायाले कर्णाली राजमार्गको विभिन्न स्थानमा सडक हिलाम्मे भएको भए पनि मर्मततर्फ प्रदेश तथा स्थानीय सरकारले चासो नदिएको भन्दै गुनासो पोखे।

सांसद यामलाल कंडेलले बजेट पास भइसकेको अवस्थामा कार्यान्वयनतर्फ चनाखो भएर सरकार र सांसदहरू लाग्नुपर्ने सुझाव दिए। कर्णाली प्रदेशसभाको अर्को बैठक भदौ २२ गते शुक्रबार दिनको ३ बजेका लागि आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.