|

काठमाडौं :  भारतले सीमानामा निर्माण गरेका बाँधका कारण नेपालको तराई र मधेसको भूमी डुबानमा पर्ने गरेको कुरा राष्ट्रिय जनता पार्टीका नेताले भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरसँग राखेका छन्। उनीहरूले भारतीय विदेशमन्त्री जयशंकरलाई उक्त समस्या समाधान गर्नका लागि पहल गर्न भनेका हुन्। 

राजपा अध्यक्ष मण्डलका सदस्यहरूले भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा तराई मधेससहित सीमावर्ती क्षेत्रमा बाढी र डुबानको समस्या समाधानका लागि आग्रह गरेका हुन्।

भारतले बनाएको बाँधले दुवैतर्फ जनधनको ठूलो क्षति हुने गरेको भन्दै राजपाले त्यसको समाधानका लागि दूरगामी योजना बनाउन माग गरेको हो। राजपा अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले भारतीय बाँधका कारण वर्षेनी सबैभन्दा धेरै आफूहरूलाई मर्कापर्ने गरेको बताए। यो दुवै सीमावर्ती क्षेत्रको साझा समस्या भएकोले भारतीय विदेशमन्त्री जयशंकरसँग आफूहरूले यो मुद्दा उठाएको उनले जानकारी दिए।

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले बाढीका कारण हुने ठूलो क्षतिबारे आफू अवगत रहेको र भारत सरकारले यस समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर छिट्टै गुरुयोजना बनाउने जानकारी गराए।

नेपाल-भारत संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका बखत विदेशमन्त्री जयशंकरले राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग भेट गरेका हुन्। भेटमा बाँध र बाढी समस्याका अलावा विभिन्न राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.