|

भद्रपुर (झापा) : बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो। महिला नालीमा कसरी डुबिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपपछि स्थानीयवासीले शुक्रवार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले महिलाको शवलाई उठाउन खोज्दा स्थानीयले दिएका छैन। सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। 

सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउन दिने स्थानीयको माग रहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.