|

काठमाडौं : नेपाली फिल्मनगरीमा ‘राते काइँला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन्। फिल्ममा भिलेनको रूपमा देखिँदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन्।

उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ। सम्भतः उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन्।

‘झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात् विधान रेशमी मगर र नेपालको फास्ट र्‍यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात् सुरजविक्रम थापाले तयार पारेका हुन्। यी दुईसमेत भिडियोमा फिचर्ड छन्।  

यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले। भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ। भिडियोको सार्वजनिक गीतलाई अन्तर्राष्ट्रिय लेभलको बनाउने प्रयास गरिएको छ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफू अभिनय गर्न पाउँदा निकै खुसी भएको सुनिलले बताए। 'गीतको एउटा हिस्सा हुन् पाउँदा निकै खुसी छु’ उनले भने 'गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ।’

सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफूहरू उत्साहित भएको विधानले बताए। 'हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो त्यो मैले सुनिल सरमा पाए’ उनले भने।

उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको जनाए। गीतमा र्‍यापरको रूपमा रहेका सुरजले गीतलाई अन्यभन्दा भिन्न बनाउने कोसिस गरिएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.