|

बर्दिया :   बर्दिया राष्ट्रिय निकुन्जबाट निस्केको बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

आइतबार बिहान ठाकुरबाबा नगरपालिका–१ खानेपानी टोल भुरीगाउँमा ७० वर्षीय पहरिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको बिर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। 

घरमा पालेको संगुरलाई आहारा दिने बेला बिहान करिब ७ बजे बाघले आक्रमण गरेको हो बास्तोलाले जानकारी दिए। तीन दिन अघि गेरुवा गाउॅपालिका—४ मा घास काट्न सामुदायिक वनमा जाँदा स्थानीय रामकली शाहीको बाघको आक्रमण ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.