|

धनकुटा : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले  आगामी तीन वर्षभित्रमा प्रदेश १ का  प्रत्येक नागरीकको घरघरमा विद्युत् पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश १ को सम्बृद्धिलाई विद्युत विकास र उत्पादनसँग जोडेर विकासको योजना बनाइने उल्लेख गर्दै मुख्यमन्त्रि राईले  प्रदेश  विद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गएको समेत  बताए। 

धनकुटाको भेडेटारमा आयोजित सोलु करिडोर १३२ के भि  प्रसारण लाइन आयोजनासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विद्युत् विस्तारका लागि भइरहेका बाधालाई सत्रियताका साथ समाधान गर्ने प्रयास गर्ने बताए। आगमाी ५ वर्षभित्र प्रदेश १ मा १ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रदेश

सरकारले लिएको हुदा यस क्षेत्रमा निर्माणाधिन विद्युत आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्नका लागि प्रदेश सरकारले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए। यस क्षेत्रमा भएका जुनसुकै  प्रकृतिका समस्याको समाधानका लागि सबै सरोकारवालाहरु एक भएर लाग्नु पर्ने बताउदै मुख्यमन्त्री राईले कुनै समस्या आए आफ्नै अगुवाइमा समस्याको समाधान गर्ने बताए।

मुख्यमन्त्री राईले प्रसारण लाइनको पूर्वाधार अभावमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् खेर जान दिन नहुने बताए। लाइन निर्माणमा स्थानीयको अवरोध हटाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्रदेश १ का प्रोजेक्टहरु सबैको सहयोगमा अगाडी बढेको हुदा यसको सफल कार्यान्वयन हुनेमा आफू विस्वस्त रहेको बताए। उनले प्रदेश सरकारले यस्ता प्रोजेक्टमा लगानीको बाताबरण सिर्जना गर्न लागि पर्नुपर्ने बताए।

उनले कुनै पनि क्षेत्रको नेतृत्वले ठिकलाइ ठिक र बेठिकलाई बेठिक  भन्न सकेमात्र पनि ५० प्रतिशत समस्याको समधान हुने बताए। कावेली, कोशी र सोलु करडिोरलाई एउटै लाइनमा जोडने गरि अध्ययान भइरहेको  बताउँदै  उनले प्रदेश १ विद्युत् उत्पादनका लागि सम्भावाना भएको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन नबनाइ दिएका कारण विद्युत खेर गएको अहिलेसम्म कुनै रेकर्ड नभएको उल्लेख गर्दै त्यस क्षेत्रका आयोजना निर्माण सम्पन्न हुनुभन्दा पहिले नै लाइन बन्ने बताए ।

प्रदेश १ मा २३ आयोजनाबाट  १ सय ४७ मेगावाट  विद्युत उत्पादन भइरहेको छ भने ४ सय १८ मेगावाट क्षमताको २५ विद्युत् आयोजना निर्माणाधिन रहेका छन। त्यस्तै सोलु करीडोर सञ्चालनमा जग्गा प्रात्तीमा समस्या, स्थानीयको माग, वनक्षेत्रको जग्गाा उपयोग, पहुचमार्गको समस्या र जग्गाको मुआव्जाको विषयमा विवाद

जस्ता समस्या रहेको हुदा यसलाई चाडो समाधान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन। कार्यक्रममा सोलु करिडोरसँग सम्बन्धित संघ र प्रदेश संसद तथा सरोकारवलाहरुको उपस्थिति थियो।

करिडोरको ७५ प्रतिशत काम सकियो

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर रहेको छ। प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७ को जग हालिएको छ भने ४३ खडा गरिएको बताइएको छ।

सिराहामा पर्ने २६ वटै टावरको जग हालिएको छ भने १६ वटा खडा गरिएको छ। उदयपुरमा पर्ने १४१ टावरमध्ये ११७ को जग हाली २७ वटा खडा गरिएको छ। ओखलढुंगामा पर्ने ११२ मध्ये ६३ टावरको जग हालिएको छ। यसैगरी, सोलुखुम्बुमा पर्ने २४ टावरमध्ये एउटाको जग हालिएको छ।

आयोजनाअन्तर्गत तिंलादेखि सोलुखुम्बुकै बेलीडाँडासम्म ४।५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको छ। तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ।

योसँगै सिराहाको लाइनबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ। सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो।

प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गरिदिँदा आफ्ना आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था आउन लागेको भन्दै त्यस क्षेत्रका प्रवर्द्धकले प्रदेश १ सरकारलाई जानकारी गराएका छन्।

सोलु करिडोर आयोजनाको काम २०७६ को माघ ९ अर्थात् ३१ फेब्रुअरी २०२० भित्रमा सक्ने लक्ष्य राखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। ‘यसमा एक/दुई महिना ढिला होला तर त्यहाँका आयोजनाहरु पनि निर्धारित समयमा सकिंदैनन’,उनले भने । ‘उहाँहरुको विद्युत खेर जान्छ भन्ने चासो र चिन्तालाई गम्भीरतापूर्वक लिएर काम गरिरहेका छौं, उत्पादित विद्युत खेर जाने अवस्था आउन दिने छैनौं।’

उदयपुरमा अवरोध

उदयपुरको कटारीस्थित मरुवा हरित सामुदायिक वन क्षेत्रका स्थानीयको अवरोधका कारणले एक वर्षभन्दा बढीदेखि त्यहाँ निर्माण रोकिएको छ। त्यस क्षेत्रमा १२ टावर निर्माण गर्नु पर्ने छ। त्यहाँ रहेको स्थानीयको अवरोध हटाउन पहल गरिदिन प्रदेश सरकारलाई घिसिङले आग्रह गरे।

सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि २३ मेगावाटको सोलुखोलाको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाका रुपमा ३३ केभी प्रसारण लाइनमार्फत जोड्न यसअघि नै प्राधिकरण र प्रवर्द्धकबीच सहमति भइसकेको छ।

आयोजनाले दशैं अगाडि वा दशैं र तिहारकोबीचमा विद्युत जोड्ने बताएको छ। आयोजनाबाट हिउँदमा उत्पादित सबै विद्युत ३३ केभीमार्फत प्रवाह गर्न सकिन्छ। अगामी वर्खासम्ममा सोलु करिडोरको निर्माण सम्पन्न हुने भएकाले आयोजनाको विद्युत् खेर नजाने प्राधिकरणले विश्वास दिलाएको छ।

प्रसारण लाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ। प्रसारण लाइनको रुटमा पर्ने रुखको लागत र छपान गर्न सम्बन्धित सामुदायिक वन, डिभिजन वन कार्यालय, आयोजना र ठेकेदार संलग्न गराउनुपर्ने हुन्छ।

यसमा सामुदायिक वनले उदासिनता देखाउने र आमभेलामार्फत स्वीकृति लिनुपर्ने भएकाले लामो समय लाग्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए। ‘निजी जग्गाको सर्वे सम्पन्न गरी नापी र मालपोत कार्यालयबाट जग्गाको विवरण लिन समय बढी लाग्ने गरेकाले जग्गा अधिग्रहणमा पनि समस्या छ,’ उनले भने।

हालैको बाढीले उदयपुर, ओखलढुंगा र सोलुखुम्बु सडक खण्डमा भारी क्षति पुगेकाले निर्माण करिब एक महिना अवरुद्ध भएको थियो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो। प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो।

सोलु प्रसारण लाइन १२ जलविद्युत् आयोजनासँग जोडिने

सोलु प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता ९ पीपीए ० गरेको छ।

त्यसमध्ये सरकारले प्रतिष्पर्धामार्फत प्रवर्द्धक छनोट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३/५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता ९ पीपीए ० मा छ। सबै आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ।

पीपीएअनुसार, तल्लो सोलु र सोलुको विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) क्रमशः ३० मंसिर २०७६ र १ साउन २०७५छ। यसैगरी, ८६ मेगावाटको सोलुखोला ९ दुधकोसीको आरसिओडी २०७७ असोज छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.