|

काठमाडौं : ‘लभ यु हमेशा’ फिल्मको ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनिक गरिएको छ। कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १) मा भारतमा प्रदर्शन हुने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर छन्। 

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ।  भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन्। 

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौं र फिलिपिन्समा खिचिएको हो। फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन्। 

शिव ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी र एनबी महर्जनको द्बन्द्ब निर्देशन छ। रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.