प्रधानमन्त्रीको निर्देशनपछि सरकारी अधिकारी सक्रिय

|

काठमाडौं : भदौ २३ गतदेखि काठमाडौंको रिङरोडमा विद्युतीय गाडी संचालन तयारी गरेको सुन्दर यातायातले भत्ककेको पुलमा चार्जिङ स्टेशन सुरु गरेको छ। 

अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त नगरेको सुन्दरले तत्कालका लागि होम चार्जिङ गर्न सञ्‍चालनमा ल्याएको हो। यो चार्जिङ स्टेशनको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले उद्घाटन गरेका छन्।

भदौ २३ गतेबाट गाडी सञ्‍चालन गर्न थालेको पूर्वसन्ध्यामा चार्जिङ स्टेशन खुल्नुले सरकारको अभिनायमा निजी क्षेत्रको सहयोग पुगेको घिमिरेले बताए। ''केही समय भए पनि हाम्रो विद्युतमा सर्पल्समा आउन थालेको छ। यस्तो अवस्थमा घरायसी प्रयोग र विद्युतीय सवारीमा खपत गर्नु पर्ने थियो, यस अभियानमा निजी क्षेत्रबाट सुन्दर यातायातले साथ दिएको छ,' उनले भने, 'सरकारले तीन सय विद्युतीय गाडी चलाउने घोषणा गरिसकेको अवस्थामा निजी क्षेत्रको भूमिका अग्रणि देखियो।'

तर, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले सरकारको योजनाअनुरुप निजी क्षेत्रले काम गरिरहे पनि साथ नपाएको गुनासो गरे। सरकारले विद्युतीय गाडी प्रवर्द्धन गर्ने भन्‍नेबित्तिकै लगानी  गरेपनि असहयोग भएकाले सञ्चालनमा ढिलाइ भएको उनले बताए। अहिले पनि चार्जिङ स्टेशनको  अनुमति नपाएको भान्दै थापाले आपत्ति जनाए।

'हामीले धेरै पटक भन्यौँ तर सरकारी अधिकारी र कर्मचारी कानमा तेल हालेर सुत्नु भयो', उनले भने, 'प्रधानमन्त्री नै निर्देशन दिएपछि उनीहरु जागेको देखिएको छ। तर, अझै सहयोग पाइसकेको अवस्था छैन।' 

उनले सरकारले लाइसेन्स दिएको केही दिनमा सीतापाइला र सुकेधारामा अत्याधुनिक चार्जिङ मेसिन संचालनमा ल्याउने बताए।

सात सयको बिजुलीबाट चार हजारको डिजेलको काम

विद्युतीय गाडी चलेसँगै पेट्रोलियम आयातमा ठूलो प्रभाव पर्ने दाबी गरिएको छ। अहिलेको अवस्थामा करिब सात हजार रुपैयाँको डिजेलले गर्ने काममा सात सय रुपैयाँ बराबरको विद्युत् चार्ज गर्दा हुने सुन्दर यातायातले जनाएको छ। 

औषत एक पटक फूलचार्ज गर्दा २६८ किलोमिटर गाडी चलाउन सकिने जनाइएको छ। अहिलेसम्म चार्जका लागि भाडा निर्धारण गर्न नसकेको सरकारले करिब चार रुपैयाँ ५५ पैसा निर्धारणको तयारी गरेको ऊर्जा सचिव घिमिरेले बताए।

'हामीले बजारलाई नै स्वतन्त्र दिने भनेका छौँ। तर अहिले एउटा मात्रै भएको अवस्थामा २० प्रतिशत नाफा नबढ्ने गरी ४.५५ रुपैयाँ भाडा निर्धारण गर्ने तयारी भएको छ', घिमिरेले भने। यसरी हेर्दा करिब एक रुपैयाँले एक किलोमिटरको दूरीको लागि ऊर्जा पुग्ने देखिन्छ। 

एक चार्जिङ स्टेशनमा ७० लाख 

सुन्दर यातायातले एउटा चार्जिङ स्टेशनका लागि ७० लाख रुपैयाँ खर्च हुने जनाएको छ। आफ्नो चार्जिङ स्टेशनमा पूर्ण सुरक्षित रहेको अध्यक्ष थापाले दाबी गरेका छन्। 

'सरकारको तर्फबाट पनि चार्जिङ स्टेशन संचालनमा ल्याएको देखियो। तर कुनै पनि सुरक्षा सामाग्री राखिएको छैन', उनले भने, 'पर्झट आइपर्ने बिपद्का लागि हामीले सुरक्षालाई पहिलो प्राथिमकितामा दिएका छौँ।'

उनले एउटा चार्जिङ स्टेशनबाट एकै पटक चारवटासम्म गाडी चार्ज गर्न मिल्ने बताए। चार्जिङ स्टेशनमा ओभर लोड र अन्डरलोड थेग्ने ग्यारेन्टी रहेको पनि उनले दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.