|

वीरगञ्ज : प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गोली चलेको छ। पर्सा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई भाग्ने क्रममा प्रहरीले मंगलबार राति गोली प्रहार गरी एक जनालाई प्रक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ का सन्तोष दास रहेको प्रहरी जनाएको छ। मंगलबार राति सवा १० बजे  वीरगन्ज महानगरपालिका–१३ राधेमाई क्षेत्रमा चेकजाँच गर्ने क्रममा भाग्दै प्रहरीलाई गोली हान्न खोजेपछि चेकजाँचका लागि खटिएको प्रहरीले दासको दायाँ खुटामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

उनको साथ १७ राउण्ड गोली र हतियार पनि बरामद भएको छ। घाइते दासको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्दर राठौरले जानकारी दिए। 

दास यसअघि पनि कर्तव्य ज्यान मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।  उनी भारतमा बस्दै वीरगन्जमा उद्योगी व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गर्थे। उनी सुपारी लिएर व्यक्ति हत्या गर्न वीरगन्ज आएको समयमा प्रहरीको फन्दामा परेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.