नेपालमा कम निगरानी देखेरै ह्‍याकरको पहिलो रोजाइ

|

काठमाडौं : गत शनिबार चिनियाँ नागरिकले नेपालको एटिएममा आक्रमण गरे करोड बढी रकम लुटे। नेपाल राष्ट्र बैंक लगायतका निकायहरूले ह्याकरहरूको आक्रमणमा परेको बताए। अहिले यस विषयमा नेपाल राष्ट्र बैंकले विस्तृत अध्ययन गरेको छ। 

राष्ट्र बैंकले अनुसन्धानको क्रममा बैंकका डिभाइसहरूलाई ल्याबमा राखेर अनुसन्धान गर्नको लागि सिंगापुरबाट प्राविधिक टोली बोलाएको छ। सोमबार नै सिंगापुरबाट टोली मगाए पनि बुधबार मात्रै त्यो टोली नेपाल आउने छ। तर, आइटी तथा एटिएम ह्याकिङसम्बन्धी विज्ञहरूले शनिबार चिनियाँ नागरिकले ह्याकिङको सहयताले नलुटेको दाबी गर्छन्। उनीहरुले साधरण तवरबाट एटिएम लुट्न सफल भएको विज्ञको दाबी रहेको छ।

आइटी विज्ञ दिवस न्यौपानले अन्य देशको एटिएम लिएर डुब्लिकेसन गरी नेपालको एटिएमबाट पैसा निकाल्न सफल भएको दाबी गरे। 'शनिबार ह्याक गरेको हैन यो त एटिएम डुव्लिकेसन गरेर पैसा थुत्न सफल भएको मात्रै हो' न्यौपानले भने। उनकाअनुसार नेपालमा यसरी पैसा चोरिएको तेस्रो पटक हो। डेढ वर्षअघि एनआइसी एसिया बैंकबाट यसी गरी पैसा चोरिएको थियो। 

निगरानीको अभाव

न्यौपानले आवश्‍यक निगरानी नभएको कारणल गर्दा नै डुव्लिकेशनबाट ठूलो परिणाममा पैसा चोर्न सफल भएको बताउँछन्। उनले यसमा पूर्णरूपमा सम्बन्धित बैंक दोषी हुने दाबी गर्छन्। 

'अहिलेको समस्या आवस्यक मनिटरिङ नभएको कारण देखिन्छ, यसमा बैंक कै कमजोरी हो। एउटै व्यक्तिले पैसा निकाल्दै झोलामा राख्दै फेरि निकाल्दै गर्दा, सम्बन्धित बैंकले मनिटरिङ गर्नुपर्ने थियो' न्यौपानले भने 'यो सबैभन्दा साधारण किसिमको आक्रमण हो, नेपालमा मात्रै नभई विश्‍वका अन्य देशमा पनि हुने गरेको छ नेपालमा नै तीन पटक भइसकेको अवस्था छ'

किन रोज्छन् नेपाल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला एटिएममा आक्रमण गरे पनि को बैंकिङ क्षेत्रमा छिर्न नसेको कारण यो विषयबाट चिन्ता नलिनको लागि सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले बिदाको मौका पारेर कम निगरानी भएको समय रोजेको दाबी गर्दै अब निगरानी बढाउने बताउँछन्। 

यसको अर्थ आक्रमणकारीहरू नेपालमा कुन दिन वा समयमा कम निगरानी हुन्छ भन्ने जानकारी लिएर आक्रमण गर्न केन्द्रित भएको देखिन्छ एटिएम ह्याकर सम्बन्धित जानकारी न्यौपाने पनि  नेपाली नागरिकको समेत सहयोग लिएर नेपाल आउने गरेको दाबी गर्छन्। नेपालमा अन्यको देशको तुलनामा कम निगरानी भएको कारण यसको नेपाललाई रोेज्ने गरेको दाबी रहेको छ। 

यसरी पनि आक्रमण

विशेषगरी तीन किसिमबाट एटिएम ह्याक हुने गरेको न्यौपानेको भनाइ रहेको छ।  सबैभन्दा सजिलो र सबैभन्दा बढी प्रयोग भनेको कार्ड डुव्लिकेसनबाट हो। दोस्रो एटिम मेसिकनको पनि ह्याकिङ गरेर आक्रमण गर्ने गरेको न्यौपाने बताउँछन्। 'एटिएम मेशिन नै कम्परमाइज गरिन्छ। मेसिनलाई पिन पठाउनुपर्ने हुन्छ एटिएम स्विचमा त्यो नपठाइए एटिएम भित्रबाट ओके भन्ने अन्थेन्टिफिकेसन आयो भने उसले इमिडिएट्ली पैसा लैजान सक्छ' न्यौपानले भने। त्यस्तै  एटिएम स्वीच नै ह्याक गरेर पनि पैसा निकाल्ने गरेको न्यौपाने बताउँछन्। 

घटना घटेपछि मात्रै ध्यान

प्राविधिक विषयमा नियमक र सरोकारवालाले समयमै ध्यान दिनुपर्ने भए पनि घटना घटेपछि मात्रै ध्यान दिने गरेको न्यौपानेको भनाइ छ। यस्ता विषयमा हामीले पहिले आवश्‍यक सतर्कता अपनाउनुपर्ने हो तर यहाँ घटना घटेपछि मात्रै ध्यान जान्छ' न्यौपानेले भने 'पहिले पनि समस्या नदेखिएको हैन अहिले बल्ल राष्ट्र बैंक, पुलिस र बैंकहरूले ध्यान गएको छ।'

सूचना प्रविधिमा बैंकहरूको निकै कम लगानी भएको र यसले समस्या निम्त्याउन सक्ने विज्ञहरूको भनाई छ। 'बैंकको नाफा बढ्दै गएको छ सूचना प्रविधिको लगानीलाई समेत उनीहरूले नाफासँग हरेको देखिन्छ, यसले थप समस्या निम्त्याउछ' उनले भने।

राष्ट्र बैंककले निश्‍चित अविधमा सुरक्षा मापदण्डको नीति परिवर्तन गर्नुपर्ने भए पनि लामोसमयदेखि नगरेको उनको भनाइ छ। सुरक्षा मापदण्ड परिवर्तन गरिरहनुपर्ने हो तर राष्ट्र बैंकले लामो समयदेखि परिवर्तन गर्न सकेको छै' न्यौपानले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.