गाडिएका पाइप फुटेर २० करोड क्षति

|

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउने समय पुन: निर्धारण गरेको छ। सरकारले निर्धारण गरेको समयमा अबको १० महिना रहेको छ। तर, समय निर्धारण गर्नुपूर्व अवरोध हटेमा मात्र भने सर्त रहेको छ। 

'म पनि पानीको विद्यार्थी हो केही प्रोजेक्ट समयमै सकेको अनुभव मसँग पनि छ, मेलम्चीमा अब कुनै अवरोध रहेन भने १० महिनामा काम सकिने छ' बुधबार सार्वजनिक लेखा समितिमा सचिव माधव बेल्वासेले भने। अहिलेसम्म ९७ प्रतिशत काम सकिएको भनिए पनि यथार्थमा ९४ प्रतिशत काम सकिएको उनको दाबी छ। '९७ प्रतिशत काम सकेर ठेकेदार भाग्यो भनियो मलाई पनि अचम्म लागेको थियो यथार्थमा टनलेको ९७ प्रतिशत काम हो समग्रमा ९४ प्रतिशत काम सकिएको छ' बेल्वासेले भने। 

अवरोधका कारण

अवरोध भएको खण्डमा कहिले आउँछ भन्न सकिने स्थिति नरहेको बताएका सरकारी अधिकारीहरूले सहायक भेण्डर र कर्मचारीको कारण अवरोधको सिर्जना हुनसक्ने संकेत गरेका छन्। 

कामदार र निर्माण कम्पनीको समस्या अहिलेको मुख्य समस्या रहेको भन्दै सचिव बेल्बासेले सम्बोधन गर्न नसकेको अवस्थामा काम अघि बढाउन समस्या रहेको बताए। उनले अहिलेलाई ६८० कर्मचारीको डेढ महिनाको तलब तीन करोड दुई लाख रुपैयाँ राहतस्वरूप दिन सरकार तयार देखिए पनि भेन्डरहरूको पैसा दिन नसकिने बताए। 

उनले कुनै पनि कानुनी आधार नरहेको अवस्थामा सहायक निर्माण कम्पनीलाई पैसा दिन आधार नभएको बताए। 'भेन्डरहरूलाई हामीले पैसा दिने कानुनी आधार छैन, यदि दियो भने पनि गलत नजिर बस्छ' बेल्वासेले भने। 

सहायका कम्पनीहरूलाई रकम दिनुपर्ने जिम्मा सिएमसीकै रहे पनि कसरी ल्याउने वा तिराउने भन्ने सवालमा कूटनीतिक पहल चाल्नुपर्ने बेल्‍वासेको भनाइ छ। 

बोनस खान सात महिनाको लोभ

मेलम्चीको निर्माण जिम्मा पाएको सिने हाइड्रोलाई बोनस खानका लागि सात महिनामा काम सक्नुपर्ने व्यवस्था मिलाइएको मेलम्ची विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कर्णेलले बताए। 'हामीले सात महिनामा सकेको अवस्थामा काम सके बोनश खान मिल्ने व्यवस्था मिलाएको छु, यो रहेमा छिटो काम गर्न सहयोग पुग्ने छ' कर्णेलले भने। 

तर, निर्माण कम्पनीले अवरोधका अवस्थामा काम गर्न नसक्ने भन्ने जानकारी गराइसकेको छ। सचिव बेल्वासेले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सम्वन्वयन गरिदिनको लागिसमेत आग्रह गरेका छन्। 

२० करोड क्षति भइसक्यो

मेलम्ची विकास समितिले अहिलेसम्म ३० किलोमिटर क्षेत्रमा गाडिएका पाइप फुटेको जनाइएको छ। जसको क्षति २० करोड रुपैयाँ भन्दा बढी पुगेको र थप अध्ययन गरिरहेको समितिले जनाएको छ।

यता, सांसदहरूले भने सरकारले मेलम्चीको पानीको लागि गाडेको पाइपमा हावा र महसुल मात्रै पाठएको गुनासो गरेका छन्। 'मेलम्चीको पाइप त आयो, तर पाइपसँगै पानीको महसुल हावा मात्रै आएको छ पानी कहिले आउने हो सांसद मीना सुब्बाले भनिन्।' 

त्यस्तै, सांसद लेखराज भट्टले पानी नदिने तर महसुल उठाउने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

यो पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.