विज्ञ भन्छन् : राष्ट्र बैंकको निर्णय समाधानको खोजी होइन

|
फाइल फाेटाे

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेसँगै नेपाली बैंककका एटिएमहरूबाट अब एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने भएको छ। एक दिनमा ६० हजार भन्दा बढी निकाल्न पाइँदैन। शुक्रबार यसको अन्योलमा देखिए एटिएम प्रयोगकर्ताहरु।

चिनियाँ नागरिककले नक्कली कार्ड प्रयोग गरेरे तीन करोड भन्दा बढी पैसा चोरी गरेपछि बैंकिङ क्षेत्रको नियामक नियका नेपाल राष्ट्र बैंकले आफ्नो उपस्थिति देखाएको छ। बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र नेतृत्वको समितिले अध्ययनसमेत गरेको छ भने विदेशी विज्ञ बोलाएर पनि  छानबिन गरिएको छ।

नेपाल राष्ट्र बैंक, विषय विज्ञ तथा बैंकहरू सबैले निगरानी नगरिँदा चोरी भएको मनन गरेपनि राष्ट्र बैंकको कदम भने अर्कैतिर देखिएको छ। जोखिम न्यूनीकरण गर्न भन्दै एटिएम राष्ट्र बैंकले कारोबारको सीमा घटाइएको जनाएको छ।

‘हामीले एटिएम सुक्षासँगै बैंकको दीर्घकालीन सुरक्षाको पाटो पनि अवलम्वन गर्दैछौँ',  राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्‍न निरौलाले भने, 'तत्कालका लागि एटिएमबाट निकालिने रकमको सीमा घटाइएको हो।'

यसले चोरी घट्दैन

तर आइटी विज्ञ दिवश न्यौपानले भने राष्ट्र बैंकले चालेको कदम चोरी नियन्त्रणमा सहयोग नपुग्ने बताउँछन्। ‘अहिले निगरानी अभावका कारण एटिएमाट चोरी बढेको हो, यसमा रकमको सीमाको कुनै भूमिका छैन', उनले थाहाखबरसँग भने, 'चोरी नियन्त्रण भन्दा पनि चोर्न केही असजिलो पार्ने काम मात्रै भएको हो। तर यो समाधान होइन।’

राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी पनि यो निर्यण समधानको खोजी नभएको दाबी गर्छन्। ‘जोखिम एउटा विषयले देखिएको छ, राष्ट्र बैंकको कदम अर्को तिर देखियो। हामीले 'क्यासलेस' गर्दै जानु पर्ने यथार्थ हो', उनले भने, 'तर अहिले एटिएमको कारोबार सीमा घटाइनु राष्ट्र बैंकको कच्चा निर्णयबाहेक अरू केही हुन सक्दैन।’ राष्ट्र बैंकको निर्णयमा अर्थमन्त्रालय र बैंकरहरू पनि सन्तुष्ट छैनन्।

‘एटिएमबाट पैसा चोरी भएको यथार्थ हो, थप सवधानी अपनाउनु पर्छ। तर सीमा घटाइनु पर्ने बाध्ययता थिएन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ‘अहिले सीमा नघटाउँ भने बैंकरले नियमक निकायलाई मान्दैन। निर्देशन टेरेनन् भन्छ। अन्य कमजोरी सुधारमा ध्यान दिनु पर्नेमा सीमा घटाइनु पर्ने आवश्‍यकता थिएन।'

सर्वसाधरण अन्योलमा

सीमा घटाइएपछि सर्वसाधरणअन्योलमा रहेका छन्। शुक्रबार  ग्लोबल आइएमई बैंकको कमलादी शाखामा भेटिएका ओखलढुंगाका मुकेश लइँटेल यस्तै अन्योलमा देखिए। ८० हजार रुपैयाँ निकाल्न पुगेका उनी ६० हजार मात्रै निकाल्नु परेपछि अलमलमा परे। बैंकमा चेकको हस्ताक्षर नै मिलेन।

पछिल्लो समय चेकबाट भन्दा बढी कारोबार एटिएमबाट हुने गरेको बैंकहरुले जनाएका छन्। एटिमबाट कारोबार बढ्दै जादा बैंकमा कम जनश्क्तिले धेरै काम भएको छ।

निगरानी बढाउन अर्थमन्त्रीको निर्देशन

एटिएमबाट पैसा चोरी हुनु भन्दा पहिले नै अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले राष्ट्र बैंकलाई चनाखो हुन निर्देशन दिएको प्रतिक्रिया दिएका छन्।

उनले बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनको नयाँ कार्यसिमतिसँगको भेटघाटमा आफूले पहिले यस्तो निर्देशन पठाएको र आवश्यक निगरानी नपुग्दा चोरी भएको बताएका छन्। 

‘मैले दुई हप्ताअघि नै राष्ट्र बैकलाई पत्रमार्फत् निगरानी बढाउन निर्देशन दिएको थिएँ। दुई हप्तापछि यस्तो आक्रमण भयो’, खतिवडाले भने। यता एटिएमबाट चोरी भएसँगै पुराना कार्डहरूको प्रयोग बन्द गर्नु पर्नेसहितका निचोड राष्ट्र बैंकको अध्ययन प्रतिवेदन निकालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.