ट्रली बस चल्न छोडेको एक दशकपछि विद्युतीय बस

|

काठमाडौं : नेपालमा विद्युतको सहायताले संचालन हुने ट्रली बसमा उपत्यकाबासीले करिब ३५ वर्ष यात्रा गरे। ट्रली बसको ३५ वर्षे यात्रा एउटा इतिहास बनिसकेको छ। २०६६ बाट ट्रलिबस पूर्णरूपमा बन्द भएको थियो। अब सुरु भयो विद्युतीय बसको युग।

चीन सरकारले २०३२ सालमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस बनाइदिएको थियो सोही रुटमा २०४७ सालसम्म उपत्यकाबासीलाई मुख्य साधनको रुपमा रह्यो। २०४७ सालपछि पनि करिब १९ वर्ष संचालमा देखिए पनि पहिलेको लय पकड्न सकेन फलस्वरुप घाटा गएको पार्दै २०६६ सालबाट पूर्णरूपमा ट्रली बस बन्द भयो। 

१० वर्षपछि पुन सोमबारबाट काठमाडौं उपत्यकामा चार वटा विद्युतीय बस संचालनमा आएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्। यसअघि सरकराको समेत स्वामित्वमा वि.आइ.डी संचालनमा ल्याए पनि ती बस संचालनमा आउन नसकेको अवस्थामा निजी क्षेत्रले संचालन सुरू गरेको छ।

निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका सातवटा विद्युतीय बसमध्ये सोमबारबाट चारवटा बस संचालनमा ल्याएका हो। चारवटा बस नै चक्रपथ परिक्रमा गर्नेछन्। 

चक्रपथ परिक्रमा गर्दा २४ रुपैयाँ भाडा

सामान्य तय डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा ३० रुपैयाँ भाडा निर्धाण गरिएको छ। नयाँ पुरानो वा कति सुविधासम्पन्न गाडी छ भन्ने आधारमा पनि भाडा केही थोरै धेरै हुने गरेको गाडी संचालकहरू बताउने गरेका छन्। सुन्दर यातायातले ३० रुपैयाँलाई भाडा आधार मानेर २० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ। 

सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ। यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरू हुनेछन्। सोमबाबाट चक्रपथ परिक्रमा गरिए पनि केही दिनमा उपत्यकाका भित्री रुट र बुटवलमा पनि गाडी संचालन गर्ने तयारी सुन्दरको रहेको छ।

यसको लागि चीनबाट केही दिनमा ११ वटा गाडी ल्षयाउन थालिएको जनाएको छ। यसो हुँदा सन्दसँग तत्काल १८वटा गाडी रहने छन्। त्यस्तै सुन्दर ट्रेडर्सले ५० वटा थप गाडी खरिद गर्दै छ। 

सुन्दरले प्रदेश १ को विराटनगरदेखि काँकडभिट्टामा पनि  बिजुली बस संचालन गर्ने जनाएको छ। 

खरिदमा चार गुणा महँगो संचालनमा ६ गुणा सस्तो

डिजेलको गाडीको तुलनामा गाडी खरिद खर्च धेरै महँगो र संचालन खर्च सस्तो हुने सुन्दर यातायातले जनाएको छ। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार सोही सुविधाको डिजेलबाट चल्ने गाडी खरिदको लागि करिब चार गुणा कम मूल्य लाग्छ।

'यही सुविधाको गाडी डिजेलबाट संचालन हुने ल्याउने हो भने ४० लाख रुपैयाँमा आउछ तर विद्युतीय गाडी भएको कारण एक करोड ६० लाख रुपैयाँ रहेको छ' थापाले भने। 

त्यस्तै, गाडी संचालनको लागि आवश्‍यक पर्ने विद्युतको खर्च डिजेलकव तुलनामा करिब ६ गुणा कम हुन्छ। चार हजार रुपैयाँ डिजेल बराबर सात सयको तेलले काम गर्छ। गाडी चार्जमा समेत एक युनिट बराबर ४ रुपैयाँ २० पैसा लागत तोकिएको छ। डिजेल प्रतिलिटर ९८ रुपैयाँ रहेको छ। 

औषत एकपटक फूलचार्ज गर्दा २६८ किलोमिटर गाडी चलाउन सकिने जनाइएको छ। अहिलेसम्म चार्जका लागि भाडा निर्धारण गर्न नसकेको सरकारले करिब चार रुपैयाँ २० पैसा निर्धारणको तयारी गरेको ऊर्जा सचिव दिनेश घिमिरेले बताए।

'हामीले बजारलाई नै स्वतन्त्र दिने भनेका छौँ। तर अहिले एउटा मात्रै भएको अवस्थामा २० प्रतिशत नाफा नबढ्ने गरी ४.२० रुपैयाँ भाडा निर्धारण गर्ने तयारी भएको छ', घिमिरेले भने। यसरी हेर्दा करिब एक रुपैयाँले एक किलोमिटरको दूरीको लागि ऊर्जा पुग्ने देखिन्छ। 

क्युआर कोड र एटिएमबाट भुक्तानी

यदि तपाईंले बिजुली बसमा यात्रा गर्नु भयो भने व्यालेन्स भएको तपाईंको एटिएमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। गाडी भित्रैका मेशिनको सहयतामा एटिएम कार्ड र क्युआर कोडबाट भुक्तानी गर्न सकिने सुन्दर यातायातले जनाएको छ।

क्युआर कोडमा अहिले आइएमई पे र प्रभु पेका ग्रहकले भुक्तानी गर्न पाउने व्यवस्था छन्। एटिएम वा क्युआर कोड प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको सुन्दर यातायातले जनाएको छ। यो व्यवस्थाले यात्रुले गोजीमा नगद बोकी रहनुपर्ने झन्झट हुने छैन।

तथापि तपाईंसँग एटिम छैन र वालेट पे पनि चालउनु हुँदैन भने नगद भुक्तानी गर्न सकिने व्यवस्था छ। यसका लागि तपाईंले तोकिएको भाडा दिएपछि सहचालकले सिक्का उपलब्ध गराउनेछन्। सिक्का मेसिनमा छिराएपछि तपाईंलाई रसिद प्राप्त हुने छ। तीन दिन नि:शुल्क यात्रा यात्रुलाई कार्ड प्रयोग लगायतका विधि सिकाउन सुन्दर यातायातले आगामी साताको सोमबार मंगलबार र बुधबार तीन दिन नि:शुल्क यात्रा गर्न दिने जनाएको छ।

तीन दिन यात्रा गर्ने क्रममा यात्रुहरूलाई क्युआर कोड प्रयोग, एटिएम प्रयोग र सिक्का छिराएर भुक्तानी गर्ने विधिबारे जनाकारी गराइने अध्यक्ष थापाले बताए।

११ नयाँ प्रविधि

सुन्दर यातायातले सार्वजनिक यात्राको लागि पहिलोपटक संचालनमा ल्याउन थालेको विद्युतीय बसमा ११ नयाँ प्रविधि रहेको अध्यक्ष थापाले बताए। यात्रु कहाँबाट चढेको? कहाँ झरे? यात्राका क्रममा कति समय लाग्यो भन्ने जानकारी गराउन लोकेशन म्याप जडान गरिएको छ। त्यस्तै अडियोबाट पनि कहाँ पुगियो, अब यात्रा कति छ भन्‍ने जनाकारी गराउने जनाइएको छ।

एटिएमबाट भुक्तानी क्युआर कोड लगायथतका प्रविधि पनि सार्वजनिक यातायातमा पहिलो प्रयोग भएको सुन्दर यातायातले जनाएको छ। एक गाडीमा सात सिसी क्यामेरा र तीनवटा एसी जडान गरिएको जनाइएको छ। त्यस्तै सुन्दर यातायातले आफ्नै तीनवटा कार्ड पनि संचालनमा ल्याएको छ।

जसको प्रयोगको लागि छुट्टा छुटै मेसिन जडान गरिएको जनाएको छ।पाँच किशिमका कार्ड प्रयोगमा ल्याउने जनाएको सुन्दरले ततकालको लागि सामान्य, वाद्यार्थी र जेष्ठ नागरिक कार्ड प्रयोगमा ल्याउने जनाएको छ। कार्डको आधारमा सरकारले दिएको छुट सुविधा दिइने छ। अहिले अन्य सामार्वजनिक सवारी साधनको तुलनामा भाडादरमा २० प्रतिशत छुट दिने व्यवस्था कम्पनीले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.