|

काठमाडौं : घरेलु टोली किर्गिस्तानमाथि सानदार जित निकालेको नेपाली महिला फुटबल टिमले सोमबार जारी नादेझ्दा कप फुटबलको आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० को हार ब्योहोरेको छ।

सोमबार भएको खेलमा नेपाल उपाधि दाबेदार मानिएको उज्वेकिस्तानसँग उत्कृष्ट प्रदर्शनका बाबजुत पराजित भयो। काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा एक गोल गरेको उज्वेकिस्तानले नेपालको पोस्टमा दोस्रो हाफमा थप एक गोल गरेको थियो।

नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो गोल गरेको उज्वेकिस्तानले गोलरक्षकको कमजोरीमा दोस्रो गोल खान पुग्यो। ३४ औं मिनेटमा पछि परेको नेपाल ५१ औं मिनेटमा २–० ले पछि रह्यो। नेपाली टिम सुरुवातमै दबाबमा पर्यो। कप्तान कप्तान निरु थापा दशौं मिनेटमानै इन्जर्ड हुँदै मैदानबाट बाहिरिंदा दबाबमा परेको थियो।

जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ। नेपालको दुई खेलबाट ३ अंक रहेको छ। यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८–२ ले पराजित गरेको थियो त्यस्तै उज्वेकिस्तानले भने ताजकिस्तानलाई १२–० को हार चखाएको थियो। अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ। प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। नेपाल फाइनलको दाबेदार टिमका रुपमा हेरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.