काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई प्रविधि सुरक्षामा लगानी बढाउनको लागि बैंकहरूलाई निर्देशन दिएका छन्। चिनिया ह्याकरले नेपालका बैंकबाट पैसा लुटेपछि सुरक्षाको विषयमा चासो देखाएको राष्ट्र बैंकले सोमबार बैंकका प्रमुख कार्यकरी अधिकृत (सिइओ)हरूलाई गभर्नर मार्फत यस्तो निर्देशन दिइएको हो।
साइबर सुरक्षा र प्रविधीमा गरिएको लगानी खर्च नभएको विषयमा बैंकहरूलाई स्मरण गराउको र लगानी बढाउन भनेको गभर्नर नेपालले बताए। उनले विश्वभर नै साइवर सुरक्षाको चुनौति वढेको विषयमा समेत सिइओहरूको ध्याकर्षण गराएको बताए।
गत शनिबार चिनियाँ ह्याकरले नक्कली एटिएमको सहायताले साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । सोमबारको बैठकको सबैजसो बैंकका सिइणहरू उपस्थित रहेको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।