|

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन्। मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गरेका हुन्र्नु। 

उनले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको बताए। मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराउनु भयो । उहाँले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए।

 ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताए। उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.