अफगानिस्तानले टेस्ट म्याच क्रिकेटमा बंगलादेशलाई २२४ रनले हराउँदै ईतिहास रचेको छ। अफगानिस्तानले ठुलो टिमलाई स्तब्ध बनाएको यो पहिलो पटक हो । टेस्ट म्याचमा भने उसका लागि यो दोस्रो जित हो ।
यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध जित निकालेको थियो । अफगानिस्तानले पहिलो पारीमा ३४२ रन र दोस्रो पारीमा २६० रन बनाएको थियो । पहिलो पारीमा रहमत साहले १२, रन बनाउँदा असगर अफगानले ९२ रन जोडे । दोस्रो पारीमा पनि असगरले ५० रन बनाउँदा इब्राहीम जर्दानले ८७ रनको योगदान गरे ।
शाकिब अल हसनको कप्तानीमा रहेको बंगलादेशी टोलीले पहिलो पारीमा २५ रन र दोस्रो पारीमा १७३ रनमात्र बनाउन सक्यो । उसका लागि पहिलो पारीमा मुमिनल हकले सर्वाधिक ५२ तथा दोस्रो पारीमा कप्तान साकिव अल हसनले ४४ रन बनाए ।
प्लेयर अफ दी म्याच अफगानिस्तानका कप्तान रासिद खानले बंगलादेशका ११ विकेट झारे। पहिलो पारीमा ५ जना बंगलादेशी ब्याट्सम्यानलाई पेभेलियन फर्काईदिएका राशिदले ६ विकेट दोस्रो पारीमा लिएका हुन् । टेस्ट म्याचको इतिहासमा उनी सबैभन्दा युवा कप्तान बनेका छन् । राशिदले ११ विकेटका अलावा पहिलो पारीमा ५१ रन बनाएका थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।