काठमाडौं : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
आज विहान १० बजेर १५ मिनेटमा सुरु हुने खेलमा यूएईलाई पराजित गर्ने दाउमा नेपाल रहेको छ। समूह बीमा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।
यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।