सिंगापुरमा राखिएको पाइप झिकियो

|

काठमाडौं : नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्। त्यहाँ उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । 

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए।

उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको छ। 'शरीरबाट पाइप झिकिएको छ, उनले भने, 'प्रधानमन्त्री अब तन्दुरुस्त भएर फर्किनुभएको छ।' 

यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।

प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा प्रमको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.