पर्यटन प्रवर्द्बन गर्नका लागि विदेशी पाहुना बोलाइयो

|

काठमाडौं :  इन्द्रजात्राको अवलोकन गर्न आउने विदेशी पाहुनालाई काठमाडौं महानगरलपालिकाले विश्व सम्पदाको भ्रमण गराउने भएको छ। नेपालको कला, संस्कृति, परम्परा र रीतिरिवाज चिनाउने उद्देश्यले इन्द्रजात्राको अवसर पारेर महानगरले काठमाडौं उपत्यकाको ऐतिहासिक स्थलको भ्रमण गराउन लागेको महानगरले जनाएको छ। स्वयम्भू महाचैत्य, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्रमा विदेशी पाहुनाले भ्रमण गर्ने भएका छन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पर्यटन उद्योगलाई प्रोत्साहन गर्नको लागि विदेशी पाहुनालाई उपत्यकाको ऐतिहासिक क्षेत्रमा भ्रमण गराउन लागेको बताएका छन्। पहिलो पटक विदेशी पाहुनालई निम्तो गरेर मनाउन लागेको उनको भनाइ छ।

राष्ट्रिय पर्वमा पाहुनाहरूलाई बोलाएर पर्व र संस्कृति देखाउँदा नेपालको प्रचारप्रसार हुन सक्ने उनले बताए। पर्यटन वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस पर्वले पर्यटन वर्षलाई सफल बनाउन सहयोग गर्ने उनको दाबी छ।

विदेशी पाहुनाले नेपालीको मौलिक सांस्कृतिक पर्वको प्रत्यक्ष हेर्न पाउने भएको उनले बताए। सांस्कृतिक पर्वले एक देश र अर्को देशको सांस्कृतिक पर्वको महत्व बुझ्न सकिने उनले प्रष्ट पारे। विदेशी पाहुनाले जीवित कुमारी देवीको प्रत्यक्ष साक्षात गर्न पाउने उनले प्रष्ट पारे।

इन्द्रजात्राको अवलोकन गर्न छ देशबाट विदेशी पाहुना आउने भएको शाक्यले बताए। चीन, अमेरिका, भुटान, जापान, बंगलादेश र भारतबाट आउने इन्द्राजात्राको अवलोकन गर्न आउन लागेको उनले जानकारी दिए।

अमेरिकाको ग्लोबल सिटी, फ्रिक्सबोर्ड, चीनको छेङदु, सेङजेङ सहर, सियाङ सहर, लाम्जाउ, प्रशासित क्षेत्र, जापानको पाक्सुमा सहर, भारतको नयाँदिल्ली कर्पोरेसन,ढाकाको साउथ सिटी कर्पोरेसन, भुटानको थिम्पु सहर लगायतका सहरबाट विदेशी पाहुना आउने उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.