|

सिरहा : प्रहरीले सिरहाको दक्षिणी सीमावर्ती ठाडीस्थित बलान खोला हुँदै भारततिर तस्करी गर्न लागिएको चौध थान गोरु प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार दिउँसो सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका १ मा पर्ने बलान खोलाबाट करिब तीन लाख रुपैयाँ मूल्यको चौधवटा गोरु नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी भगवानपुरबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततिर अवैध रुपले लैजाँदै गरेको गोरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले गोरु लैजादै गरेका व्यक्ति पक्राउ परे नपरेको विषयमा भने केही खुलाएको छैन।

सिरहा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट मंगलबार एकै दिन तीन लाख ६३ हजार आठ सय रुपैयाँ मूल्यको भन्सार छलीका सामान नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीले सिरहाको औरही, सिरहा नगरपालिका लगडीगदियानीबाट चेक जाँचको क्रममा किराना सामान, अवैध मदिरा, मोटरसाइकलसहित नियन्त्रणमा लिई भन्सारमा बुझाइएको प्रहरीले जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.