|

तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा आर्थिक वर्ष ०७५/७६मा तनहुँको ७९ उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराद्वरा दमौलीमा आयोजित भ्रष्टाचार विरुद्धको सहकार्य, सशासनका लागि अपरिहार्य, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त उजुरी परेको जानकारी दिइएको हो।

जिल्लाका प्रारम्भिक अनुसन्धानतर्फ आर्थिक वर्ष २०७५/७६ मा ३७ र आव २०७६/७७को दोस्रो महिनाको मध्यसम्म १२ गरी ४९ मध्ये ४३ उजुरी छानविनको क्रममा रहेको छ। जिल्लाबाट परेका ७९ उजुरीमध्ये ४२ फर्स्योट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव मेघनाथ रिजालले जानकारी दिए।

गण्डकी प्रदेशका अन्य जिल्लाहरुको तुलनामा उजुरी पर्नेमध्ये तनहुँ तेस्रो स्थानमा परेको रिजालले बताए। पहिलो स्थानमा कास्की र दोस्रोमा पर्वत छ भने तनहुँ तेस्रो स्थानमा रहेको उनले बताए। गण्डकी प्रदेशको ८३२ उजुरीमध्ये तनहुँको ७९ उजुरी आयोगमा परेको छ। पहिलो स्थानमा रहेको कास्कीको ४२७ र दोस्रोमा स्थानमा रहेको पर्वतको ८२ उजुरी अख्तियारमा परेको छ।

पछिल्लो समय भ्रष्टाचारका घटनाहरु बढ्दै गइरहेको छ। जसले गर्दा भ्रष्टाचार न्यूनीकरणमा सेवाग्राही नै सचेत हुनुपर्ने अख्तिायर दुरुपयोग अनुसन्धान आयोग पोखराका उपसचिव रिजालको भनाई छ। उनका अनुसार आव २०७६÷७७ को भदौ १५ गतेसम्मको अवधिमा १२ वटा उजुरी परेको छ। संघीयतर्फ ४, भौतिकतर्फ २ र शिक्षातर्फ १ वटा उजुरीको विस्तृत अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

विशेषगरी स्थानीय तह सम्बन्धी १७ वटा उजुरी परेका छन्। स्थानीय तह, शिक्षा विज्ञान प्रविधि मन्त्रालय ७, शिक्षातर्फ ६, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण र संघीय माविमला तथा सामान्य प्रशासनतर्फ ३/३ वटा, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा वातावरणमा २/२ वटा उजुरी दर्ता भएका छन्। नदीजन्य पदार्थ, अवैध निकासी, वातावरणीय प्रभाव नभई जथाभावी दोहन, दोहोरो तेहोरो भुक्तानी, बिना काम भुक्तानी लगायतका विषयमा उजुरी परेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।

त्यस्तै आर्थिक वर्षको अन्त्यमा काम गर्ने तथा बढी सामान खरिद गर्ने, औषधि खरिद प्रक्रिया र गुणस्तर, उपकरण खरिद लगायतमा बढी उजुरी परेको कार्यालयको तथ्यांकमा उल्लेख छ। कार्यक्रममा आँबुखैरेनी गाउँपालिका–४ का वडा अध्यक्ष नेत्र गुरुङ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगातयले विभिन्न गुनासो तथा जिज्ञसा राखेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका आयुक्त डाक्टर सावित्री थापा गुरुङले उच्च तहका कर्मचारी भए पनि भ्रष्टाचार गर्नेलाई  आयोगले कारबाही गर्दै आएको बताइन्। हाल भ्रष्टाचारको सवलीकरण गर्नु भन्दा दुर्वलीकरण गर्नेतर्फ समाज अघि बढेको उनको भनाई छ।

उनले विभिन्न तहमा भ्रष्टाचार बढ्दै गएको छ, यसको न्यूनीकरणमा जनता सचेत हुनुपर्ने बताइन्। ‘भ्रष्टाचारको मुख्य ललिता काण्ड र वाइडबढी काण्डको पनि अनुसन्धान भइरहेको छ, भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि आयोग स्थापना गरिएको हो, आयोगको क्षेत्राधिकार अनुरुप सुसुप्त रुपमा काम भइरहेको छ,’ उनले भनिन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यकारी प्रमुख काशीराज दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिसस प्रमुख शान्तिरमण वाग्ले, प्रजिअ रुद्रप्रसाद पण्डित लगायतले भ्रष्टाचार न्यूनीकरण गर्न कडाइका गरिएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.