|
फाइल फोटो

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनको तयारी थालेको छ। 

नेकपाको बुधबार बसेको सचिवालयको बैठकले उपनिर्वाचन तयारीबारे निर्णय गरेको हो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो। 

बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनबारे छलफल र निर्णय भएको जानकारी दिए। उनले भने, 'आजको सचिवालयको बैठकले निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।'

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ। जसका लागि दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ। 

नेकपाको एकताको बाँकी काम आगामी बैठकबाट गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, 'सांगठनिक विषयमा अर्को बैठक बसेर निर्णय लिइनेछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.