काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राष्ट्रपति भवन, शीतलनिवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेजुयलाका गैरआवासीय राजदूतहरू क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।