|

धनगढी : जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ।

बुढीनन्दा नगरपालिका वडा नं. १० का ३५ वर्षीया निर्मला बोहराको सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको हो।  बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

यस अघि भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका–७ का २१ वर्षीया वसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो। त्यस अघि पनि सुत्केरी अवस्थामा बाजुरामा पटक–पटक महिलाको ज्यान जाने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.