|

काठमाडौं : भक्तपुरबाट खटिएको प्रहरी टोलीले चोरीको मोटरसाईकलसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुरठिमी नगरपालिका-३ देकोचा चोकबाट चोरीका मोटरसाइकलसहित सर्लाही घर भई काठमाण्डौ पेप्सिकोला बस्ने १८ वर्षीय चन्दन कुमार यादव, सर्लाही मानपुरका रोशन महतो, सुमित महतो, सोही

स्थान घर भई भक्तपुर कटुन्जे बस्ने वर्ष १९ को अमनकुमार यादव, सर्लाही बरहथवा घर भई काठमाडौं पेप्सिकोला बस्ने रोशन महतो, रौतहट घर भई काठमाण्डौ पेप्सिकोला बस्ने असोका सिंह र पर्सा घर भई काठमाण्डौ जडीबुटी बस्ने जलि आलमलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

उनीहरूको साथबाट बा.७१ प. १६४५, बा. १० प. ७३५० र बा.५२ प ९८७१ नम्बरको मोटरसाईकल र मोटरसाईकलको पाटपुर्जा बरामद गरेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.