|

विश्व चर्चित उपन्यासकार पाउलो कोइल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीको प्रशंशा गरेका छन्। उनले स्क्यर्ड गेमको अभिनयलाई लिएर सिद्दीकीको प्रशंशा गरेका हुन्।

उनले ट्विटरमा सम्प्रेशण गरेको एक सन्देशमा सिद्दीकीलाई उत्कृष्ट अभिनेताको संज्ञा दिँदै स्क्यर्ड गेम नेट फिल्क्सकै सर्वश्रेष्ठ श्रृंखला बताएका छन्। 'उत्कृष्ट अभिनेता नवाजुद्दिन सिद्दीकीले अभिनय गरेको नेटफिल्क्समध्येको सर्वश्रेष्ठ श्रृंखला हो' उनले लेखेका छन्।

पाउलोको ट्विटमा प्रतिक्रिया दिँदै नवाजुद्दीनले उनको चर्चित उपन्यास अलक्यामिस्ट आफूले पेढेको र उनको उपन्यासमा आधारित रहेर निर्माण गरिएको सिनेमा 'भेरोनिका डिसाइड टु डाइ' पनि हेरेको बताएका छन्।

उनले पनि पाउलोको लेखानशैलीको प्रशंशा गर्दै आफूले उनका उपन्यास पढ्न पाउँदै निकै उत्साहित हुने गरेको बताएका छन्। उनले आफूमाथि पाउलोले देखाएको सम्मानको प्रतिक्रिया दिनका लागि आफूसँग कुनै शब्द नभएको उल्लेख गरेका छन्।

स्क्यर्ड गाम-टूमा नवाजुद्दीनसँगै पंकज त्रिपाठी, शेफ अली खानलगायतले अभिनय गरेका छन्। सिरिजलाई नीरज ज्ञावन र अनुराग कश्यपले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.