सार्वजनिक जग्गाको विवरण तयार पार्न पाँच सदस्यीय समिति गठन

|
फाइल फोटो

विराटनगर : प्रदेश-१ सरकारले मोरङस्थित सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णयसहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि उक्त स्थानीय तहको केन्द्रको विषयमा विवाद सिर्जना भएको थियो।

प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका प्राइभेट फर्महरू पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय गरेको छ। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनियर छनोट गर्नका लागि प्रारम्भिक लिखित परीक्षासमेत समावेश गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदेशभित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ। उक्त समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.